बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०९ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिका,ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा २/२ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९१ रहेको छन्।
प्रतिक्रिया