बुटवल। पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार २४८संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।
प्रतिक्रिया