बुटवल । बुटवलका नवराज कुँवर नेकपा एमालेकोे विज्ञान तथा प्रविधि विभाग सदस्यमा चयन भएका छन् । सिन्धुलीका मनोजजंग थापा प्रमुख रहेको नेकपा एमालेको विज्ञान तथा प्रविधि विभाग सदस्यमा कुँवर चयन भएका हुन् । रुपन्देहीबाट एकल प्रतिनिधित्व गर्ने कुँवर लामो समयदेखि प्रविधिको क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।
कुँवर कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) का केन्द्रिय अध्यक्ष र बुटवलबाट प्रकाशित हुने बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक हुन्।नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकले विभागका प्रमुखसहित १८ जनालाई चयन गरेको विज्ञान तथा प्रविधि विभाग सदस्य संजिव रोकाले बताए । विभागमा २५ जना रहने व्यवस्था भए पनि अहिले १८ जना मात्रै चयन भएको र विभागलाई पछि पूर्णता दिने सदस्य रोकाले बताए ।
विभागले विज्ञान तथा प्रविधि क्षेत्रमा पार्टी र देशका लागि आवश्यक नीति बनाउने उनले बताए । यो विभाग अर्को महाधिवेशन नहुँदासम्मका लागि कायम रहने छ ।
प्रतिक्रिया