परासी । बर्दियाबाट बेपत्ता भएका तीन किशोरी पश्चिम नवलपरासीमा फेला परेका छन् । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार वेपत्ता भएका तीन जना किशोरीहरु बर्दघाटमा भेटिएका हुन् । किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा खोजी गरिदिनका लागि निवेदन दिएका थिए ।
सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्रहरीमा दिएको निवेदनमा तीन किशोरीहरु शुक्रबार बिहानदेखि सम्पर्क विहिन भएको उल्लेख गरिएको थियो । नेपालगञ्ज देखी काठमाण्डौं जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका ९ का सावित्री बराइली, यमुना परियार र अनिता पुन मगरलाई चालक कैलाशराम सुनारले ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएका छन् ।
उनीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारेको र परिवारको सम्पर्कमा आइसकेकाले निजका परिवारलाई बुझीलिन प्रहरीले आग्रह गरेको छ । किशोरीहरुका परिवार आएपछी उनीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया