बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका केही दिन बन्द रहने भएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति र कर्मचारी संघ इकाई समितिको निर्णय बमोजिम पठन-पाठनसहित क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्यहरु बन्द हुने भएका हुन् ।
आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गर्ने, कर्मचारी तथा प्राध्यापकहरुमाथि धम्की दिने जस्ता कार्यहरु भईरहेको भन्दै सहज रुपमा कार्य गर्ने वातावरण नभएकोले बन्द गर्ने निर्णय भएको पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति र कर्मचारी संघ इकाई समितिद्वारा छुट्टाछुट्टै जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, आन्दोलनरत विद्यार्थी संगठनलाई वार्ता र सहमतिको माध्यमबाट सहज रुपमा काम गर्ने वातावरण मिलाइदिन आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया