ताजा अपडेट »

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

सोमबार, २५ साउन २०७८, ०८ : ४२
22 Shares
सोमबार, २५ साउन २०७८
22 Shares


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्ने तय भएको पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न केन्द्रित हुने बताइएको छ । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने तयारी छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गतेका लागि तोकिएको छ ।

साथै, एमालेमा आन्तरिक विवादले दिनप्रतिदिन उग्ररुप लिँदैछ । औपचारिक रुपमा विभाजन नभएपनि एक भने छैनन् । ओली पक्षले बोलाएको बैठक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिस्कार गर्दै आएकाे छ । नेपाल पक्ष आफैले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।