ताजा अपडेट »

अर्घाखाँचीमा थप ७१ जनामा कोरोना संक्रमण, एकको मृत्यु

शनिबार, २३ साउन २०७८, १८ : ४१
16 Shares
शनिबार, २३ साउन २०७८
16 Shares

बुटवल । अर्घाखाँचीमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा २२ जना, भुमिकास्थान नगरपालिकामा १५ जना, मालारानी गाउँपालिकामा २८ जना, पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ हजार ६८३ पुगेको छ । हाल ७३० जना उपचाररत छन् । यस्तै, पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा ५१ जनाले कोरोना जितेका छन् । जिल्लामा कोरोना जित्नेको संख्या २ हजार ८७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।

अर्घाखाँचीमा एकै दिन ७१ संक्रमित थपिए, एकको मृत्यु
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।