ताजा अपडेट »

घर–घरमा वृद्धभत्ता पुर्याउँदै जनप्रतिनिधि

शनिबार, २३ साउन २०७८, १४ : ५७
34 Shares
शनिबार, २३ साउन २०७८
34 Shares

गुल्मी । शनिबार बिहानै देखि गुल्मी मुसिकोट नगारपालिका–३ का वडा सदस्य शंकर रायमाझी घर–घरमा वृद्धभत्ता लगाएतको सामाजिक वृद्धभत्ता वितरणमा ब्यस्त थिए । त्यस वडाको धरमपानी , जलुके पेगा ,खिल्लीटोलमा वितरण गर्ने जिम्मा पाएका रायमाझीले यो वर्षयाममा र खेतीपातीको बेला जनतालाई सुबिधा दिन आफू घर-घरमा र खेतीपाती गरिरहेको स्थान सम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू खटिएको बताए ।

भारती सेनाका अवकाश प्राप्त सुवेदार मेजर समेत रहेका वडा सदस्य रायमाझी यो चौमासिकमा ११ लाख रुपैया बुझेर ती टोलहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको जानकारी दिए। त्यस्तै तोलादी कुवापानी मैदान भर्तेबारी ठूलाचौर सिनेपिप्ले थुम्का भराह चुदरिगाउँ चौर कालिमाटी लगाएतका टोलहरुमा वडा सदस्यहरु सरस्वती घिमिरे ,गणेश कुवर इन्द्रमाया सुनार लगाएत खटिएको मुसिकोट नगरपालिका –३ का वडा अध्यक्ष कर्णध्वज जीसीले जानकारी दिए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार