काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर बोर्डलाई शनिबार नतिजा प्रकाशन गर्न लागेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ ।
बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
नतिजा हेर्न सकिने वेबसाइटहरु:-
प्रतिक्रिया