ताजा अपडेट »

टेलिग्राममा अब हजार जनासम्मले संयुक्त भिडियो संवाद गर्न मिल्ने

सोमबार, १८ साउन २०७८, १२ : १४
12 Shares
सोमबार, १८ साउन २०७८
12 Shares

वासिङ्टन। म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिनेभएको छ । भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो । कम्पनीले हालै घोषणा गरेको नयाँ सेवानुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ । पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।

टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ। भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। रासस/एएनआई

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।