ताजा अपडेट »

गुल्मी मुसिकोटका उत्कृष्ट १० कृषक नगद राशीले सम्मानित

शनिबार, १६ साउन २०७८, १२ : ४६
26 Shares
शनिबार, १६ साउन २०७८
26 Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा २ सर्वोत्कृष्टसहित १० उत्कृष्ट कृषक सम्मानित भएका छन् । सर्वोत्कृष्ट दुई जना कृषकले जनही लाख रुपैयमा नगद पुरस्कार प्राप्त गरेका छन् भने उत्कृष्ट ८ जनाले जनही ५० हजार नगद राशी प्राप्त गरेका छन् । नगरपालिकाको आर्थिक सहयोग र दायित्व नेपाल संस्थाको साँझेदारीमा ‘नगरप्रमुख दायित्वः ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम- २०७८’ अन्तरगत उद्यम योजना तथा लगानी प्रस्तुती प्रतियोगिताको आयोजना गरि उत्कृष्ट कृषक छनोट गरिएको थियो ।

२०७६ पुस ६ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा १ सय २५ वटा कृषि तथा पशुपन्छि पालन समुह सहभागि थिए । मध्ये पहिलो चरणको प्रतियोगतामा ४ जना उद्यमी सहभागि भएका थिए । दोश्रो चरणमा २० वटा कृषि समुह छनौट भएका थिए भने तेश्रो चरणमा उत्कृष्ट १० वटा कृषि समुह छनौट भएका थिए । उद्यम योजना तथा लगानी प्रस्तुतिकरण प्रतियोगतामा ईस्मा गाउँपालिका–४, ढाँडा घर भई मुसिकोट नगरपालिका–१ पौदीअमराईमा कृषि तथा पशुपन्छि फर्मा सञ्चालन गर्दै आएका देव बहादुर घर्ति र मुसिकोट नगरपालिका–१ पौदीअमराई घर भई वडा नम्वर ७ वामीटक्सारमा तरकारी तथा पोली फर्मा सञ्चालन गर्दै आएकी दुर्गा थापा सर्वोत्कृष्ट कृषक भएका हुन् । उनीहरुले उत्कृष्ट कृषकका रुपमा थप ५० हजार नगद पुरुस्कार पनि प्राप्त गरेका छन् ।

उत्कृष्ट १० मध्ये मुसिकोट नगरपालिका ७ वामीटक्सार स्थित सालिमे उन्नत पशुपालन समुहकी सिता सापकोटा, मुसिकोट नगरपालिका–५ स्थित किरण बाख्रा पालन फार्मका सञ्चालक किरण भट्टराई, मुसिकोट नगरपालिका–३ स्थित न्यु जिसी बाख्रा फार्मका सञ्चालक शंकर जिसी नगद पुरस्कारबाट सम्मानित भएका छन् । त्यस्तै वडा नम्वर ८ वामीमैदान स्थित सालिमे मालिका सिता के कृषि फार्मका सञ्चालक यमबहादुर खत्री, वडा नम्वर ४ स्थित ईशान बाख्रा फर्माका सञ्चालक सुदर्शन सिंह ठकुरी, वडा नम्वर ६ स्थित रुद्रावती कृषि फर्माका सञ्चालक रुद्र बहादुर खत्री, वडा नम्वर ७ स्थित नमूना महिला समुहकी अध्यक्ष सुमित्रा सापकोटा र थ्री के एग्रो फार्मका सञ्चालक कृष्णप्रसाद चालिसे जनही ५ हजार पुरस्कारबाट सम्मानित भएका छन् ।

उनीहरुलाई मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, उप–मेयर कमला शर्मा (गौतम), दायित्व नेपाल संस्थाका संस्थापक अध्यक्ष डाक्टर पुकार मल्ल र सोही संस्थाका लुम्बिनी प्रदेश संयोजक कमल थापाले पुरस्कार राशीको बैंक चेक र प्रमाण पत्रले सम्मान गरेका थिए ।

१ सय २५ जना कृषक समुहबाट प्रतिस्पर्धा हुँदा उत्कृष्ट ४०, २० र १० हुँदै सर्वोतकृष्ट २ जना कृषक छनौंट भएको घोषणा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा त्यस प्रतियोगिता निर्णायक मण्डलका संयोजक खिमानन्द भुसालले गरेका थिए । ‘कृषि, पर्यटन, पुर्वधार र रोजगार, समृद्ध मुसिकोटको आधार’ मूल नारा बनाएको नगरपालिकाले उक्त नारालाई साकार पार्न कृषकहरुलाई उद्यमशिलताका लागि प्रतिस्पर्धा गराईएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार