साउन २१,
ग्लोबल आवाज
बुटवल । पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले विकास निर्माणका काममा नागरिकको निगरानी आवश्यक रहेको बताएका छन् । उनले योजना निर्माण र बजेट विनियोजन गरेर मात्र प्रभावकारी विकास नहुने बताउँदै कार्यान्वयनका लागि नगारिकको निगरानी र खवरदारी आवश्यक रहने बताए ।
मंगलबार बुटवल कालिका क्याम्पसको अत्याधुनिक भवन शिलान्यास समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । समारोहमा बोल्दै उनले बुटवलको विकासमा आफू सदैव तत्पर रहेको र यहाँको विकासका लागि बजेट अभाव नहुने बताए । उनले भने‘ यस क्षेत्रमा धेरै योजनाहरु परेका छन् । केही योजना सम्पन्न हुँदैछन् ,केहीको डिपिआर तयार भई सकेका छन् भने केही पर्दैछन् । तर, प्रभावकारी विकासका लागि योजना र बजेट विनियोजन मात्र भएर पुुग्दैन । समयमा गुणस्तरीय निर्माण कार्यान्वयनका लागिस्थानीय नागरिकबाट निरन्तर निगरानी र खवरदारी आवश्यक पर्दछ ।’
कालिका मा.वि.ले.बुटवल,रुपन्देही र प्रदेशमा मात्र नभई देशमै आफ्नो नाम राख्न र नमुना बन्न सफल भएको बताउँदै शिलान्यास भएको भवन समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे । ‘देशमै नम्बर एक बन्न सफल कालिका मावि उदाहरणीय शैक्षिक संस्था बनेको छ । करिब २० करोडको लागतमा बन्न लागेको यो भवनको निर्माण १८ महिनामै सम्पन्न हुनेछ । यसका लागि तिनै तहको सरकारको विशेष साथ र सहयोग हुनेछ ।’ उनले भने । उनले शिक्षाका लागि वर्तमान सरकारको तर्फबाट पनि विशेष पहल भएको बताउँदै आफूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट पनि शिक्षामा लगानी गर्ने बताए ।
शिलान्यास समारोहमा बोल्दै नेकपाका महासचिव पौडेलले रुपन्देही क्षेत्र नं.२ का लागएत यस क्षेत्रका विभिन्न योजनाहरु बारे पनि प्रकाश पारे । उनले बुटवलको खानेपानीदेखि सडक समस्या , लागुऔषध दुुव्र्यशन,सिक्सलेन सडक,अन्तराष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्र, सिद्धबाबा सुरुङ, कालीगण्डकी कोरिडोर, तिनाउ–दानव कोरिडोर लगाएतका समस्या तथा योजनाहरु बारे जानकारी र पहल भइरहेको बताए । यस क्षेत्रका प्रतिनिधि समेत रहेका पौडेलले बुटवललाई शान्त,हराभरा नगर बनाउनुका साथै शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने पहल भइरहेको बताए । यसका लागि फोहर डम्पिङ योजना , लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्न्ती, २०० विघामा निर्माण हुन गइरहेको केडिकल कलेज निर्माणसँगै यूनिभर्सिटि बनाउने लक्ष्य रहेको बताउँदै बजेटेको चिन्ता नगर सबैमा सहकार्य र निगरानी आवश्यक रहेको बताए ।
समारोहमा प्रदेश ५ का पर्यटन,उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश ५ को विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको र कालिका माविको विकासमा सहकार्य गर्न तयार रहेको बताए । त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल शिक्षाको केन्द्र रहेको र यसमा कालिकाको योगदान रहेको बताउँदै शैक्षिक विकासका लागि उपमहानगरले प्राथमिकता दिएको बताए । कालिका माविका प्राचार्य घनश्याम पाठकले वर्तमान परिपेक्षमा निर्माण हुन लागेको अत्याधुनिक भवनले शैक्षिक क्षेत्रमा नयाँ आयाम ल्याउने बताए ।
उनले भने ‘भौतिक रुपमा मात्र होइन अत्याधुनिक भवनले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसको निर्माणमा हामी तल्लिन हुनेछौं । सहकार्य र सहयोगका लागि सबैमा अपिल गर्दछु। ’ कार्यक्रम बुटवल कालिका क्याम्पसका अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा भएको थियो । शैक्षिक क्षेत्रमा देशमै सफल मानिने कालिका मावि र बुटवलकै मानव ज्ञान मावि केही समय अघि मर्ज भई कालिका मानव ज्ञान मावि भएका थिए । मावितर्फ मात्र नभई बुटवल कालिका क्याम्पस स्नातकतर्फ पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
प्रतिक्रिया