ताजा अपडेट »

कोरोना संक्रमण बढेको बढ्यै, निको हुने दर घट्दै

मंगलबार, १२ साउन २०७८, १७ : २८
14 Shares
मंगलबार, १२ साउन २०७८
14 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा संक्रमण संख्या चार हजार नजिक पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७५१८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३८९९ जना संक्रमित भएका छन् ।

२४ घण्टामा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।नेपालमा निको हुने दर पनि फेरि घट्न सुरु भएको छ । गत २४ घण्टामा ९४.४ प्रतिशत निको हुने दर रहेको छ ।

मन्त्रालयकाे तथ्याङंक अनुसार ४ लाख १३ हजार १ सय ७३ पुरुष र २ लाख ७२ हजार ५ सय जना महिला संक्रमित भएका छन् । देशभर अहिले सम्म कुल संक्रमितकाे ९४.३७ प्रतिशतले काेराेना जितेका छन्। यस्तै ४.२१ सक्रिय र १.४२ प्रतिशतकाे मृत्यु भएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।