मौद्रिक नीतिको प्रयोग विश्व अर्थतन्त्रमा सातौं शताब्दीमा चिनिया अर्थशास्त्री Jiaozi ले कागजी मुद्राको प्रयोगका बारेमा व्याख्या गर्नको लागि प्रतिपादन गरेको पाईन्छ भने आधुनिक रुपमा यसको प्रयोग अमेरिकी केन्द्रिय बैकंले सन् १९१३ मा गरेको थियो । विश्व अर्थतन्त्रमा मौद्रिक नीतिको प्रयोगको सुरुवाती समयको बारेमा एकमत नभएता पनि सन् १८७० को दशकले यसको आवश्यकता महशुस गरेको बारेमा साझा धारणा व्यक्त भएको पाईन्छ । मुद्रास्फीति नियन्त्रणका अत्तिरिक्त मौद्रिक स्थिरता कायम राख्ने उद्देश्यले देशको केन्द्रीय बंैकले देशको अर्थतन्त्रको समष्टिगत मुद्रा माग एवम् आपूर्तिको अवस्था हेरी मुद्रा, ब्याजदर र ऋण प्रवाह सम्बन्धमा अवलम्बन गर्ने नीति हो मौद्रिक नीति । मुद्रास्फीति नियन्त्रणका अत्तिरिक्त मौद्रिक स्थिरता कायम राख्ने उद्देश्यले देशको केन्द्रीय बंैकले देशको अर्थतन्त्रको समष्टिगत मुद्रा माग एवम् आपूर्तिको अवस्था हेरी मुद्रा, ब्याजदर र ऋण प्रवाह सम्बन्धमा अवलम्बन गर्ने नीति हो मौद्रिक नीति ।
देशमा मुद्रा तथा साखको परिमाण नियन्त्रण गर्न केन्द्रीय बैङ्कले अपनाउने नीति नै मौद्रिक नीति हो । सरकारको आर्थिक नीति मध्ये मौद्रिक नीति पनि एक हो जसको तर्जुमा, कार्यान्वयन र परिमार्जन देशको सर्वोच्च मौद्रिक अधिकारी केन्द्रीय बैङ्कले गर्दछ । पूर्वनिर्धारित उद्देश्यहरू जस्तै मूल्य स्थिरता कायम गर्ने, व्यापारीक उतार चढावमा नियन्त्रण गर्न, विदेशी विनिमयहरूमा स्थिरता कायम गर्न, उत्पादन तथा लगानी प्रवद्र्धन गर्न इत्यादी पूरा गर्नका लागि यो नीति प्रयोग गरिन्छ । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन , ब्याजदर व्यवस्थापन , वित्तीय क्षेत्र सुदृढीकरण , भुक्तानी प्रणालीमा सुदृढीकरण , विदेशी विनिमय व्यवस्थापन , वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउँछ ।
यसप्रकार अर्थव्यवस्थामा मूल्य ,आम्दानी तथा रोजगारीको स्तरलाई केन्द्रमा राखेर निमार्ण गरिने आर्थिक तथा व्यावसायिक क्रियाकलापलाई व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्रीय बैंकले अपनाउने नीति मौद्रिक नीति हो । नेपालली अर्थतन्त्रका सम्बन्धममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वाार्षिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यसैगरी, आर्थिक वर्ष २०६१/६२ देखि मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा र आर्थिक वर्ष २०७३/७४ देखि त्रैमासिक समीक्षा समेत सार्वजनिक गर्दै आएको छ ।
मौद्रिक नीतिको सैद्धान्तिक उद्देश्यहरू
कुनै पनि देशको मौद्रिक नीतिमा कस्तो उद्देश्य लिने भन्ने सम्बन्धमा त्यस देशको अर्थव्यवस्थाको स्वरूप ,देशमा सञ्चालित आर्थिक गतिविधिको प्रभावकारीता, विकासको स्तर र आर्थिक संरचनाले निर्धारण गर्दछ । आर्थिक विकासको निश्चित चरणमा पुगिसकेपछि मुलुकमा मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थिरता मात्र हुने गर्दछ भने त्यसमा पनि धेरै मुलुकहरूले मुद्रास्फीति नियन्त्रणलाई मात्र लक्ष्यको रूपमा लिएको पाइन्छ । त्यसैले एउटै समयमा विभिन्न देशहरूमा भिन्ना–भिन्नै किसिमका मौद्रिक नीतिहरूको प्रयोग छुट्टाछुट्टै उद्देश्यहरू पूरा गर्नका लागि गरिन्छ । तर नेपालको मौद्रिक नीतिको उद्देश्यहरूमा मूल्यस्थिरता , भुक्तानी सन्तुलन र वित्तीय क्षेत्र सुधार रहेका छन् । सामान्यतया विकासोन्मुख देशहरूमा मौद्रिक नीतिका उद्देश्यहरूलाई निम्न अनुसार पाँच भागमा विभाजन गर्न सकिन्छ
१.विनिमयदरमा स्थिरता कायम गर्नु,
विनिमयदरमा अस्थिरता हुँदा अन्तर्राष्ट्रिय व्यापार तथा भुक्तानी सन्तुलनमा नकारात्मक असर पर्ने गर्दछ । साथै आन्तरिक रूपमा मूल्य स्थिरता कायम गराउने र विनिमयदरलाई निर्धारीत स्तरमा राख्ने उद्देश्य मौद्रिक नीतिको रहने गर्दछ ।
२.मूल्यस्थिरता
आन्तरिक अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्यमा भएको अस्थिरताले आर्थिक संकट तथा विकृतिहरू ल्याउने हुँदा मुद्रास्फीर्ति र मुद्रासङ्कुचनको प्रभाव धेरै पर्न नदिनु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो ।
३.मौद्रिक तटस्थता
मौद्रिक तटस्थता कायम गर्नु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो । अर्थतन्त्रमा मुद्रा माग भन्दा अधिक हुनु र मुद्रा माग भन्दा कम हुनु पनि राम्रो होइन । मुद्रा परिवर्तनले आर्थिक उतारचढाव ल्याउँछ । यसले व्यापारचक्र , समृद्धिको यात्रामा कमि र मन्दीको अवस्था ल्याउने हुँदा समग्र आर्थिक कार्यप्रणालीमा प्रभाव पार्छ ।
४.पूण रोजगारी प्राप्ति गर्नु,
वर्तमानका अर्थशास्त्रीहरुले पूर्ण रोजगारी प्राप्त गर्नु मौद्रिक नीतिको प्रमुख उद्देश्य हो भनेका छन् । पूर्ण रोजगारीको अवस्थामा बचत र लगानीमा सन्तुलन प्राप्त गर्नु हो ।
५.आर्थिक विकास तथा आर्थिक वृद्धि
मौद्रिक नीतिको महत्वपूर्ण उद्देश्य देशको आर्थिक विकासको गतिलाई तीव्र पार्ने हो । आर्थिक विकास दीर्घकालीन प्रक्रिया भएकाले यसको लागि उत्पादन, आम्दानी तथा रोजगारीमा निरन्तर वृद्धि ल्याउनुपर्छ । जनताको जीवनस्तरमा सुधार, अर्थतन्त्रका समग्र आयाममा सकारात्मक परिवर्तन र प्रगति मार्फत आर्थिक विकास गर्नु मौद्रिक नीतिको उद्देश्य हो ।
६.तरलताको व्यवस्थापन
कुनै पनि अर्थतन्त्रमा माग बमोजिमको तरलताको आपूर्ति व्यवस्थापन गर्न मौद्रिक नीतिले सम्बोधन गर्न सक्नु पर्दछ । तरलताको व्यवस्थापकिय पक्षमा कम्जोरी रहेमा यसबाट देशमा वितिय अनुशासन कायम हुन सक्दैन । साथै बैंक तथा वितिय सस्थाहरुले प्राथमिकता क्षेत्रमा लगानीयोग्य रकमको माग सम्बोधन गर्न पनि असर्मथ रहन्छन ।
वर्तमान समयमा आगामि आर्थिक वर्षको लागि निमार्ण गर्न लागिएको नेपालको मौद्रिक नीतिले निम्नलिखित पक्षहरुलाई समेट्नु पर्दछ ः
१.कोभिड १९ र यसका नयाँ–नयाँ भेरियन्टबाट संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नीति स्वास्थ्य संस्थाको सेवा विस्तार वा स्तरोन्नतीको लागी प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था गरिनु पर्दछ जसले आम मानिसको बाच्न पाउने अधिकारको सम्बोधन हुनेछ ।
२. कोभिडका कारणले विश्वमा अन्य पेसा व्यवसाय पीडित बनेको परिस्थितिमा कृषि पेसा सम्मानित र आत्मनिर्भर पेसाको रुपमा स्थापित देखिएको कुरालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको व्यवस्थापन तथा यसको प्रभावकारी उपयोगिता कुरा नीतिमा समावेस गरिनु आवश्यक छ ।
३. मौद्रिक नीतिले कृषि क्षेत्रको व्यवसायीकरण,आधुनिकीकरण, बजारीकरण तथा वित्तिय पहुँच अभिवृद्दिका लागि कृषि विकास बैंकलाई पकेट बैंकका रुपमा अगाडि बढाउने कार्यदिशा बनाएर अगाडि बढ्नुपर्ने हुन्छ ।
४. नेपाली अर्थतन्त्रमा बढ्दै गएको अनुत्पादनशील क्षेत्रको लगानीलाई निरुत्साहित गरि बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई समेत प्रत्यक्ष रुपमा उत्पादनशिल कार्यमा लगाउने नीतिगत व्यवस्थापन हुनु पर्दछ ।
५.. कोभिड तथा नेपालको आफ्नै आन्तरिक कारणले प्रत्येक वर्ष बढ्दै गएको बेरोजगारीलाई समाधान गर्नको लागि भौतिक पूर्वाधार तथा औद्योगिकरणमा प्रत्यक्ष लगानी बढाउन प्रोत्साहित गर्ने किसिमको मौद्रिक नीतिको आवश्यतालाई सम्बोधन हुनु जरुरी छ ।
६.बैंक तथा वितिय संस्थाहरुले केन्द्रिय बैंकको निर्देशन अनुसार कृषि तथा अन्य प्राथमिकता क्षेत्रमा लगानी गर्दा सिधै आफ्नो बैंकिक सञ्जालबाट नगरेर सहकारी मार्फत गराएर जोखिम सहकारीतामा थप्ने प्रणालीलाई बन्द गर्ने खालको नीति आवश्यक छ ।
अन्त्यमा देशका आर्थिक विकासको आधारशिला तयार पार्नको लागि केन्द्रिय बैंकद्धारा निमार्ण गरिने मौद्रिक नीतिले उल्लेखित सम्पूर्ण पक्षहरुलाई प्राथमिकता राखी आफ्नो कार्य गर्नमा केन्द्रिृत रहोस् ।
स्रोतहरु :
Paul ,R.R.(2002) Monetry Economics; Kalyani Publishers, Ludhina.
Vaish ,M.C.(1995), Monetary Theory, Wishwa Prakashan, New Delhi.
Johnson, H.G.(1970),Essays in Monetary Economics;George Allen and Unwin, London.
नेपाल राष्ट्र बैंक
प्रतिक्रिया