ताजा अपडेट »

एमालेको सियारी गाउँ कमिटीको भेला

सोमबार, ११ साउन २०७८, १६ : १३
104 Shares
सोमबार, ११ साउन २०७८
104 Shares

तिलोत्तमा। नेकपा एमाले सियारी गाउँ कमिटीको भेला सम्पन्न भएको छ । भेलाले संगठीत सदस्यता नवीकरणको काम यही साउन १५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।त्यसैगरी भेलाले शाखा कमिटीको अधिवेशनको तयारी पनि अघि बढाउने निर्णय गरेको छ । भेलालाई संबोधन गर्दै नेकपा एमाले रुपन्देहीका संयोजक शिवराज सुवेदीले जिल्लाभर सदस्यता नवीकरण अभियान उत्साहजनक ढंगले अघि बढिरहेको भन्दै सबै संगठीत सदस्यहरुले जनताका समस्यामा हतेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।केन्द्रमा पार्टीभित्र विवाद देखिएपनि कार्यकर्ता पंक्ति र जनस्तरमा एमाले एकढिक्का रहेको र विकासको अगुवाई एमाले बाहेक अरु कसैले गर्न नसक्ने उनले बताए ।

भेलालाई पार्टीका रुपन्देही जिल्ला सहसंयोजक तेजेन्द्र केसी, सचिव विश्वराज बराल, क्षेत्रीय संयोजक हितराज पन्थी, गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, पार्टी जिल्ला सल्लाहकारद्वय कृष्ण भुसाल र झपेन्द्र अर्याल, गाउँ कमिटी अध्यक्ष खेम गुरुङ, कमला भण्डारी कृष्ण नेपाल लगायतले पनि संबोधन गरेका थिए ।एमालेले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अहिले संगठीत सदस्यता नवीकरणको अभियान चलाइरहेको छ । बदलिंदो अवस्थामा एमाले तत्कालीन नेकपाको नयाँ स्वरुपमा पुनर्गठित भएको र यसैलाई आत्मसाथ गर्दै सदस्यता नवीकरणमा केन्द्रित हुन पनि एमाले रुपन्देहीले सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।