बुटवल । राष्ट्रिय राजनीति समिकरणले धरापमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल गृह जिल्लामा एक्लीदै गएका छन् । विद्यार्थी राजनीतिदेखि नै काठमाडौंलाई केन्द्र बनाउँदै बसेका पोखरेल जिल्लामा कम बस्ने र कार्यकर्तासँग कम बोल्ने कारणले एक्लीदै गएका हुन् । केन्द्रिय स्तरको नेता भएरपनि कार्यकर्ताहरूलाई रीझाउन सक्ने खुबी नभएपछि उनलाई गृह जिल्लामा कार्यकर्ताले छाड्दै गएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका १९ हाडिमे घर भएका पोखरेल सम्पन्न परिवारका हुन् । उनको गाउँमा त उनलाई कान्छा जमिन्दारको नामले चिन्ने गर्दछन् । पढाइको शिलशिलामा प्रवासमा रहेका पोखरेलले राजनीति पनि संगसंगै लगेका थिए । पढाई सकेपछि २०४३ सालमा नेपाल फर्किएसँगै पार्टीभित्र उनले पछाडि फर्केर हेर्नु परेको छैन। आफूभन्दा धेरै पहिलादेखि नेपालमै रहेर संघर्ष गरेका धेरै विद्यार्थी नेताहरूलाई पछि पार्दै उनी अनेरास्ववियुको अध्यक्ष बन्न सफल भएका थिए। पोखरेल २०५४ को छैठौं महाधिवेशनबाट पार्टिको केन्द्रीय बनेका हुन् ।
सदस्य बिद्यार्थी राजनीतिमै रहेका बेला २०५१ मा पहिलो पटक दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। जिल्लामा कांग्रेस नेता खुमबहादुर खड्काको दबदबा भएको बेला चुनावमा होमिएका पोखरेलले जित्ने आशा कसैले गरेका थिएनन् तर, चुनावी प्रचारको समयमा खुम बहादुर खड् काको नेतृत्वको भिडले गोली चलाउँदा नेकपा एमालेका ३ जना कार्यकर्ताको मृत्यु भएको थियो । उक्त निर्वाचनमा पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीलाई २७ मतले मात्र जितेका थिए । त्यो पनि समवेदनात्मक भोट भएको नेकपा एमालेका कार्यकर्ताहरूले नै बताउँदै आएका छन् । संगठनात्मक रूपमा धेरै बलियो मानिएको उक्त निर्वाचन क्षेत्रमा पनि मततान्तरलाई हेर्दा उनी त्यति लोकिप्रिय नेता नभएको भन्छन् नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड् का। २०५४ सालमा नेकपा एमाले विभाजीत भएको थियो भने २०५६ सालमा भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रवाट पराजित भए ।
२०६४ सालमा शंकर पोखरेलले प्रत्यक्ष चुनाव लड्ने आँट गरेनन्। उक्त निर्वाचनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रवाट नेकपा माओवादी निर्वाचित भएको थियो । पोखरेल समानुपातिक उम्मेदवार बनेका थिए । केन्द्रमा पहुँच भएका पोखरेललाई सांसद बन्नबाद कसैले रोक्न सक्ने कुरै भएन । त्यही समयमा उनले पार्टीमा समेत फड को मार्न सफल भए । २०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनबाट पोखरेल पार्टीको सचिवमा निर्वाचित भए । त्यसपछि पार्टी केन्द्रमा पोखरेलको पहुँच अझै पोखरेल २०६५ बलियो भयो ।
त्यसो त २०६५ मा पार्टी सचिव बनेको केही महिनामै उनी पहिलो पटक मन्त्री बने। जेठमा गठन भएको माधवकुमार नेपाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री थिए। मन्त्री हुँदा पनि जिल्लामा खासै प्रभाव पार्न नसकेका पोखरेलले २०७० सालमा दाङ क्षेत्र नं। ४ बाट पोखरेल प्रत्यक्षतर्फको उम्मेदवार बनेका थिए। पार्टीको सचिव र एक पटक मन्त्री भइसकेको भए पनि उनी विजयी हुन सकेनन् । नेता भएरपनि कार्यकर्ताहरूलाई रीझाउन नसकेका उनलाई कार्यकर्तालेपनि छाड्दै गएका छन् । फेसबुकमा स्टाटस लेखेर मात्रै मुख्यमन्त्री र पाटी चल्दैन कार्यकर्ताको गुनासो छ, मुख्यमन्त्रीले मिल्न लागेको कुरा पनि स्टाटस लेखेर बिगारीरहेका छन् ।
यस्तो छ मेटमणीको विश्लेषण
२०७४ को निर्वाचनमा नेकपाबाट दाङ क्षेत्र नं। २ बाट प्रतिनिधि सभामा कृष्ण बहादुर महराले टिकट पाएपछि आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्न नसकिने निष्कर्ष सहित पोखरेल क्षेत्र नं। २ को १ बाट प्रदेश सभाको उमेद्बार बने। महरा र पोखरेल दुवै निर्वाचित पनि भए। प्रदेश सभामा निर्वाचित भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका पोखेललाई अहिले पनि पार्टीभित्रै एउटा ठूलो समुहले नरुचाउने नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी बताउछन् ।‘शंकरजीलाई आफ्नै कार्यकर्ताको समेत विश्वास भएन। त्यसैले उहाँले माओवादी कार्यकर्ताको समेत भरोसा खोज्नुभएको हो।’
’उहाँको प्रदेश निर्वाचन क्षेत्रमा रुकुम, रोल्पा अनि सल्यानबाट बसाई सरेर आउनेहरूको बाहुल्यता छ महराजीको दाङमा एक खालको माहोल छ, हाम्रो आफ्नै संगठन पनि बलियो छ, त्यसमा पनि गठबन्धनको राप र तापले उहाँलाई निर्वाचन जिल सजिलो भयो सांसद चौधरीले भने । अन्तरमुखी स्वभावका पोखरेलको व्यवहारमा जमिन्दारीपना रेहको छ। शंकर जी भाषणमा मात्रै कम्युनिष्ट हो उहाँको, आचरण र व्यवहार सामन्ती नै छ, त्यसैले एक्लै पर्नुभएको हो‘ चौधरीले भने। पोखरेलमा परिवारवाद हावी रहेको र सबै गतिविधि परिवारमार्फत गराउने गरेको आरोप चौधरीले लगाए।
काठमाडौलाई राजनीतिको थलो बनाएका पोखरेलले मुख्यमन्त्री भएलगत्तै पुर्खोली थलो हाडिमेमा अहिले घर बनाएका छन्। धेरै समय काठमाण्डौमै विताउने गरेका उनले गतवर्षमात्रै घर बनाएका हुन् । जन्मथलोमा घर बनाएपनि जिल्लामा कमजोर बन्दै गएका मुख्यमन्त्री पोखरेल अव प्रत्यक्ष चुनावमा नहोमिने धेरैको आँकलन छ। राजधानी ल्याएको विषयलाई भजाएर चुनावमा उनी निर्वाचन क्षेत्र नं १ वाट उठ्न सक्छन् तर त्यहापनि उनको प्रतिद्धन्दीको रूपमा मेटमणी चौधरी रहेको हुँदा उनको भविष्य अन्यौलमा छ ।-बुटवल टूडे दैनिकबाट
प्रतिक्रिया