ताजा अपडेट »

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

शुक्रबार, ०८ साउन २०७८, ११ : २४
26 Shares
शुक्रबार, ०८ साउन २०७८
26 Shares

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका छन् ।

एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विद्यार्थी सङ्गठन गरेका हुन् । विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै प्रेस विज्ञप्ति जारी गरि तत्काल फाराम खुलाउन माग गरेको थिए । तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेको भन्दै बिहीबार चार विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको बताएका छन् ।

‘लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको: MBS कार्यक्रम र क्रमशः BBS लाई पनि हटाई पुर्ण रुपमा स्वायत्तता को बाटो हुँदै मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने भ्रष्टाचारको अखडा बनाउन लागेको हुँदा व्यापक रुपमा छलफल नगरि एकलौटि रुपमा शैक्षिक माफियाको ईशारामा अगाडि बढेको सबैलाई सर्वबिदित नै छ ।

यसै सन्दर्भमा लुम्बिनी वाणिज्य क्याम्पसका सकृय संयुक्त बिद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदे बिज्ञप्ति जारि गरेको थियो। तर ४ दिन बित्न लागिसग्दा पनि बेवास्ता गर्दै क्याम्पस प्रशासन पुर्ण रुपमा शैक्षिक माफियाको मतियार बनेको हुँदा बाध्यतावश तालाबन्दी गर्न बाध्य भयका छौं र MBS को प्रवेश परिक्षा फारम खुलाई: MBS लाई निरन्तरता नदियसम्मको लागि अनिश्चितकालिन तालाबन्धि गरेका छौं। यस आन्दोलनलाई बेवास्ता गरेमा थप शसक्त रुपमा आन्दोलनमा जाने निश्चित नै छ र त्यसबाट हुने क्षति को जिम्मेवार स्वयंम क्याम्पस प्रशासन हुनेछ।’–विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।