साउन १५,
ग्लोबल आवाज
बुटवल । मिलनचोकमा रहेको स्कलर्स होम कलेजले नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले तिलोत्तमा स्थित टाइगर प्यालेस रिसोर्टमा बुधवार एक समारोहका बीच कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि स्वागत सहित अभिमुखीकरण गरेको हो । विज्ञान संकायमा राम्रो नतिजा ल्याएको कलेजले कक्षा ११ मा भर्ना भएका १ सय ६० भन्दा बढी विद्याथीका लागि अभिमुखीकरण गरेको विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले जनाकारी दिए ।
कार्यक्रममा प्राचार्य बन्जाडेले एक बर्षको कार्य योजना प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुलाई कलेजका नीति नियमहरुको सपथ समेत गराएका थिए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा तीन ओटा कुरामा जोड दिन आग्रह गरे । उनले विद्यर्थीहरुलाई उत्प्रेरणा दिँदै अनुसाशन लगनशिलता र मेहेनत गर्न सके सफल भइने बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले विद्यार्थीका अन्तरनिहित क्षेमता प्रस्फुटनका लागि कलेजहरुले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा एन प्याप्व्सन रुपन्देहीका अध्यक्ष देउ प्रकाश राई, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश ५ का शाखा अधिकृत बाबुराम भन्डारी, प्रध्यापक कृष्ण पान्डे, महेन्द्र बन्जाडे लगाएतले बोल्दै कलेजले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए । कक्षा १२ मा अध्ययनरत छात्र मनिस जि.सी.को अध्यक्षता, विद्याथी अर्जुन देवकोटाको स्वगत र नितु पोखरेल र विक्रम रेग्मीको संचालनमा कार्यक्रम भएको थियो ।विद्यार्थीहरुका लागि चर्चित उत्प्रेरक प्रशिक्षक शफ्रिन शिलवालले मोटिभेसन क्लास लिएका थिए ।
प्रतिक्रिया