ताजा अपडेट »

बुटवलको ‘कान्ति मावि जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय’

बुधबार, ३० असार २०७८, १८ : ४२
450 Shares
बुधबार, ३० असार २०७८
450 Shares

बुटवल । रुपन्देहीका १६ वटा पालिकाहरुबाट नमुना विद्यालय छनौट कार्यक्रममा बुटवलको कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास डिभिजन कार्यालयले रुपन्देहीका सामुदायिक विद्यालयहरुको मूल्यांकन गरी सम्मान गरेको हो।

मंगलबार डिभिजनले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट बिद्यालय र सामुदायीक विद्यालयका शिक्षकहरुलाई सम्मान गरेको डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए । नमुना विद्यालय छनौटका लागि १० वटा सुचकहरुलाई आधार मानिएको थियोे। जसमा विद्यार्थी संख्या ,शिक्षक दरबन्दी ,एसईई जिपिए, विद्यालयको मानव विकास सूचाङ्क, प्रवर्धनात्मक कार्यहरु शिक्षण सिकाईसँग सम्बन्धित उपलब्धि, भौगोलिक अवस्था, दलित विद्यार्थी संख्या, विभिन्न समयमा संघीय र प्रदेश सरकारबाट प्राप्त सम्मान तथा विद्यालयको सिकाई उपलब्धिलाई आधार मानेर उत्कृष्ट विद्यालय छनौट गरिएको थियो ।

हरेक पालिकाले एक बिद्यालय डिभिजनमा पठाएको र सोहि अनुसार छनोट गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । डिभिजनको कार्यक्षेत्र नवलपरासी र रुपन्देही भएकोले २ जिल्लाका १÷१ सामुदायीक बिद्यालय छनोट गरिएको बताउँदै उनले बिद्यालयहरुले जनही २ लाख ७५ हजार रकम पाएको जनाए। सुनवलको महाकवी देवकोटा मावि पनि नवलपरासिको जिल्लाकै उत्कृष्ट विद्यालय बन्दै पुरस्कृत बनेको हो।

साथै सामुदायिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षकहरु मध्ये रुपन्देहीका १४ र नवलपरासीका ७ शिक्षकलाई पनि पुरस्कृत गरिएको छ। उनीहरुलाई जनही २० हजार रकम, प्रमाणपत्र र दोसल्लाले सम्मान गरीएको थियो । प्रदेश सरकारका शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव, मन्त्रालयका सचिव महादेव पन्थ लगाएतले विद्यालयलाई सम्मान गरेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।