ताजा अपडेट »

‘कोरोना नियन्त्रण हुँदै सबै नेपालीका लागि खोपको व्यवस्था भएको छ’

मंगलबार, २९ असार २०७८, १५ : २२
16 Shares
मंगलबार, २९ असार २०७८
16 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी कोरोना महामारी नियन्त्रणउन्मुख भएको बताएका छन् । सरकारले कोभिडलाई नियन्त्रणको चरणमा पुगेको दाबी गरेका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले सबै नेपाली जनतालाई पुग्नेगरि खोप आपूर्तिको प्रवन्ध गरिसकिएको समेत जानकारी दिए ।

पदबाट बाहिरिदै गर्दा सम्बोधन गर्दै ओलीले एक करोड ५० लाख डोज खोप सहुलीयत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको बताए । खोपको लागि सबै प्रवन्ध भइसकेको र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो भएको उनले उल्लेख गरे । ओलीले बालवालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताए ।

उनले भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको बताए । त्यस्तै अमेरिकबाट उपहारस्वरुप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको ओलीले बताए । प्रधानमन्त्री ओलीले १८ लाख जनताले पहिलो चरणको खोप लगाइसकेको र ९ लाख जनताले दोस्रो चरणको खोप लगाएको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।