ताजा अपडेट »

माछा मार्न गएका युवक बेपत्ता

आइतबार, २७ असार २०७८, १३ : ०१
8 Shares
आइतबार, २७ असार २०७८
8 Shares

चितवन । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९:३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस