ताजा अपडेट »

'नमुना युवा संसद’

शनिबार, २६ असार २०७८, ०७ : ०६
42 Shares
शनिबार, २६ असार २०७८
42 Shares

काठमाण्डौं । ‘नमुना युवा संसद’ का लागि सातवटै प्रदेशबाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री र सभामुखले संसदीय अभ्यास शुरुआत गरेका छन् ।राष्ट्रिय युवा परिषद्ले यही असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको युवा संसद् कार्यक्रमबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख उपसभामुख र सचेतकका भूमिकामा १६ देखि २४ वर्ष उमेर समूहका युवालाई छनाृट गरिएको थियो । उनीहरुले शुक्रबारदेखि तीनदिनसम्म भर्चुअल संसदीय अभ्यास गर्न शुरु गरेका हुन् ।

ती समूहका २८४ युवामध्येबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख र सचेतकको छनोट गरी चयन गरिएको हो । अभ्यास गर्नुअघि उनीहरुलाई भर्चुअल माध्यमबाट मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनका सबै विषयको प्रशिक्षण दिइएको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यासबारे प्रशिक्षण लिएका युवाले प्रदेशसभा रहेका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख र सचेतकको भूमिका अभ्यास गर्न थालेको जानकारी दिए । उनले युवालाई संविधान, लोकतान्त्रिक र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमुना युवा संसद् कार्यक्रम गर्न थालिएको बताए । “भविष्यमा मुलुकको प्रधानमन्त्री, मन्त्री हुने व्यक्तिलाई संसदीय प्रणालीबारे जानकारी दिनका लागि संसदीय अभ्यास गराउन थालिएको हौ” उनले भने, “ अभ्यासबाट युवालाई मुलुक चिन्ने बनाइने तथा पदीय जिम्मेवारी र मुलुकप्रति प्रतिबद्ध बनाइने छ ।”

वाग्मती प्रदेशका मुख्यमन्त्रीको भूमिकामा रहेकि अस्मी सापकोटाले आफूले उनले संसदीय व्यवस्थामा हुने सबै क्रियाकलाप सिकेर अहिले अभ्यास गरिरहेको बताईन ।

उनले संसद्मा विधेयक प्रस्तुति हुनेदेखि संसदीय मर्यादाबारे जान्न पाएको बताईन । “ म मुख्यमन्त्रीमा नियुक्त हुँदा भोट मागेर निर्वाचित भएको हँु” उनले भनिन , “संसदीय व्यवस्थामा मुख्यमन्त्री,मन्त्री, सभामुखको भूमिका के कस्ता हुँदोरहेछ भन्ने कुरा पनि अभ्यास गरेर सिकिरहेका छौँ ।”उनले नमुना युवा संसद्मा आफूले सक्षम नेतृत्वको विकास गर्न सकिने धारणा राखिन।

सङ्घीय युवा संसद्

यस्तै यही असार २८ देखि ३० गतेसम्म सङ्घीय युवा संसदको अभ्यास हुँदैछ । अभ्यासमा सङ्घीय संसद्मा हुने क्रियाकलापबारे प्रशिक्षित गर्दै उनीहरुलाई सङ्घीय युवा संसद्को प्रशिक्षण दिएर अभ्यास गराउन थालिएको हो । सङ्घीय युवा संसद्मा सात वटै प्रदेशबाट ४९ , अनलाइन फाराम भरेका २१ र परिषद्ले मनोनयन गरेका १० जना सहभागी हुने छन् ।

उक्त युवा संसद्मा प्रधानमन्त्री, मन्त्री र सभामुख चयन गरेर सङ्घीय संसद्को अभ्यास गराइने परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस