ताजा अपडेट »

कान्ति माविको सह-आयोजनामा कोरोना सचेतनासम्बन्धी अभिमुखिकरण

शुक्रबार, २५ असार २०७८, १५ : ०८
20 Shares
शुक्रबार, २५ असार २०७८
20 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–४ को आयोजना र कान्ति माध्यमिक विद्यालयको सह–आयोजनामा कोरोना सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक तथा कर्मचारीहरुलाई कोभिड १९ र यसका विभिन्न भेरियन्टबाट विद्यालय उमेरका बालबालिकाहरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रशिक्षण दिँदै बालरोग विशेषज्ञ डाक्टर सन्तोष प्रोखरेलले एसियाली मुलुकको वास्तविक अवस्थाको बारेमा जानकारी गराएका थिए । दक्षिण एसियामा बालबालिका र वयस्कहरुमा संक्रमणको दर क्रमशः ६३ र ६० प्रतिशत रहेको र बालबालिकामा लक्षण नदेखिएको कारणले मात्रै अस्पताल भर्ना भएर उपचार हुने संख्यामा कमि देखिएको बताए ।

बिसिजि खोप लगाएका बालबालिकामा कोभिडको कारणले गर्दा पनि मृत्युुदर कम रहेको डाक्टर पोखरेलले बताए । कार्यक्रमको उद्देश्यका बारेमा विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले जानकारी गराएका थिए । सो अवसरमा बोल्दै प्राचार्यले विद्यालय यो वर्ष विद्यालय सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा गरिएको नमुना छनौट विद्यालय कार्यक्रममा उत्कृष्ट विद्यालयको रुपमा छनौट भएको जानकारी गराए ।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष टंक प्रसाद पराजुलीले शिक्षक तथा विद्यालय कर्मचारीका माध्यमबाट कोभिड सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा यसको जोखिमलाई न्युनीकरण गर्न सकिन्छ भन्ने आसाका साथ कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले कान्ति माध्यमिक विद्यालयलाई देशकै नमुना विद्यालयका बारेमा स्थापित गराउन आफू लागि परेको बताए । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रम उपस्थिति संख्यालाई मध्यनजर तीन चरणमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक राजन पौडेलले गरेका थिए । सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक दुरी कायम गरी कार्यक्रम गरीकोे थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।