ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्डमा टिप्पर दुर्घटना, चालकको मृत्यु

बुधबार, २३ असार २०७८, १० : ३९
22 Shares
बुधबार, २३ असार २०७८
22 Shares

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तानसेनबाट चुनढुंगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक पाल्पाको पूर्वखोला गाउँपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैह्रेको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाईते गैह्रेलाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा उपचारकै क्रममा ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।लगातारको वर्षाले चिप्लो बनेको सडकमा सडकबाट चिप्लीएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।गाडीमा चालक मात्र थिए वा अन्य पनि थिए भन्ने बिषयमा खोजतलास भईरहेको उनले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।