बुटवल । नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई बढी हुन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया