बुटवल । बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्षको कोभिड–१९ का कारण निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष हुमनाथ आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान ८ बजे निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।
कोरोना संक्रमण देखा परे पछि बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको प्रवक्ता रेग्मीले बताए । ‘वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७/८ दिन अघि थप उपचारका लागि काठमाडौँ लगनु भएको थियो ।’ प्रवक्ता शर्माले भने ‘ अस्ति उहाँको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी आएको थियो तर आज विहान उहाँको निधन भयो ।’
वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको प्रवक्ता रेग्मीले बताए । आचार्यका श्रीमती, २ छोरा/बुहारी र ४ नातिनातिना रहेको छन् ।
प्रतिक्रिया