ताजा अपडेट »

रुपन्देहीमा थपिए ३१ संक्रमित, मृत्यु हुनेको संख्या शून्य

शनिबार, १९ असार २०७८, १९ : ४३
20 Shares
शनिबार, १९ असार २०७८
20 Shares

बुटवल । ​ रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३१ जनामा संक्रमण पुष्टि भएको छ भने २० जना निको भएका छन् । १८४ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२, देवदह नगरपालिकामा ७ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ३ जना, मायादेवी गाउँपालिका र कञ्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८८ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३०६ रहेको छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।