ताजा अपडेट »

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै, महाधिवेशनको नयाँ मिति तोक्ने

शनिबार, १९ असार २०७८, १० : ४०
6 Shares
शनिबार, १९ असार २०७८
6 Shares

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने बताइएको छ । चुनावको मिति घोषणा भैसकेको कारण आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति हेरफेरको तयारी भएको हो ।

यसअघि शुक्रबार पनि बैठक बसेको थियो । उक्त बैठकमा माधव नेपाल पक्षलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिनु पर्ने र फिर्ता नलिए एकताको आधार नबन्ने चेतावनी दिइएको थियो । बैठकलाई नेपाल पक्षले बहिस्कार गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।