कपिलवस्तु । पर्यटन प्रबर्द्धनका लागि संचार क्षेत्रकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी पत्रकारहरू तथा स्थानीयले लुम्बिनीसँग विकास योजनाहरू बनाउदा तिलौराकोट ओझेलमा परेको र कपिलवस्तुका ८० भन्दा बढी बुद्धकालीन पुरातात्विक स्थानहरू व्यक्तिगत लालपुर्जामा हुँदा विकास हुन नसकेको बताएका छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रमुख वसन्त गिरीले लुम्बिनी घुम्न आउने पर्यटकहरू कपिलवस्तुको तिलौराकोटमा विकासका योजना ल्याउन नसक्दा पर्यटकहरू पानीका बोतलहरू फाल्न मात्र आउने जिकिर गरे।
कपिलवस्तुमा बुद्धकालीन सय भन्दा धेरै महत्वपूर्ण स्थलहरू हुदाँ पनि यसको पहिचान र जग्गा अधिग्रहण गर्न नसक्दा ८० भन्दा बढी पुरातात्विक स्थलहरू व्यक्तिको लालपुर्जामा रहेको समेत बताए। गिरीले कपिलवस्तुका सञ्चार माध्यमद्वारा बारम्बार यस विषयमा आवाज उठाइरहदा समेत तिनवटै सरकारले विकासका योजना ल्याउन नसक्दा कपिलवस्तुमा दिगो विकासका योजना ल्याउन सकिएको बताए। कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उप-प्रमुख लछ्मी गुप्ताले कपिलवस्तुको पर्यटनको विकासका लागि छुट्टै योजना ल्याउन लुम्बिनी बिकास कोषका कारण स्थानीय निकायले केही गर्न नसकेको दुखेसो बताइन्। कपिलवस्तुको पर्यटनको विकासका लागि पर्यटकीय स्थलको विकास गरी पर्यटकहरुलाई बसाल्न सके मात्र आर्थिक विकास हुने बताइन्।
उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक यम बहादुर कुवरले कोभिडका कारण पर्यटनको विकासमा प्रभाव परेको हुदाँ अव नेपाल सरकारको तीनवटै निकाय र अन्य संघसंस्थाहरू मिलेर पर्यटनको बिकासमा होमिन सके नेपालमा पर्यटकीय स्थलबाट ठुलो आम्दानी लिन सकिने र पर्यटन नेपालको विकासको खुटकिलो रहेको बताए। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लुम्बिनी घुम्न आउने करिब १७ लाख पर्यटक मध्ये निकै कम मात्रै कपिलवस्तु घुम्न आउने हुदाँ यस तर्फ सम्वन्धित निकायले ध्यान हुनुपर्नेमा जोड दिए।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा , नेपाल पर्यटन पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष मनिष कार्कीको स्वागत , पत्रकार युवराज कडेलले कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण दिएका थिए।
प्रतिक्रिया