काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालका कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ ।
चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया