बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ४५ जनामा संक्रमण पुष्टि भएको छ भने १५ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा ११, बुटवल उपमहानगरपालिकामा ९, तिलोत्तमा नगरपालिका र देबदह नगरपालिकामा ५-५ , सिद्धार्थनगर नगरपालिका र सुद्धाेधन गाउँपालिकामा ३-३, कञ्चन गाउँपालिकामा २, ओमसतिया गाउँपालिकामा १ जना, संक्रमित थपिएका हुन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा काेराेनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २९५ रहेको छन् ।
प्रतिक्रिया