ताजा अपडेट »

निषेद्याज्ञामा सवारी दुर्घटनाबाट लुम्बिनी प्रदेशमा ८७ जनाको मृत्यु

शुक्रबार, १८ असार २०७८, १६ : ०२
14 Shares
शुक्रबार, १८ असार २०७८
14 Shares

गुल्मी। दोश्रो चरणको लकडाउन सुरु भए यता लुम्विनी प्रदेशभर सवारी दुर्घटनाबाट ८७ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय , दाङ्ग–तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार यस अवधीमा नवलपरासीमा ६१ वटा सवारी दुर्घटना भएका छन्। रुपन्देहीमा ३८ वटा,कपिलवस्तुमा ३२ वटा, पाल्पमा १२ वटा, गुल्मीमा २, अर्घाखाँचीमा २ वटा, दाङ्गमा २७, वटा सवारी साधन दुर्घटना भएका छन् ।

प्यूठानमा ५, रोल्पामा ५, रुकुम पुर्वमा२, बाँकेमा २२ र बर्दियामा १३ वटा सहित २ सय २१ वटा सवारी साधन दुर्घटना भएका छन् । नवलपरासीमा १४ जना दुर्घटनमा परि मृत्यु भएका छन् , रुपन्देहमाी पनि १४ , कपिलवस्तुमा १८ जना , पाल्पामा ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ। गुल्मीमा २ जना, अर्घाखाँचीमा १ जना , प्युठानमा ७ जना , दाङ्गमा ७ जना , रोल्पामा १ जना , रुकुम पुर्वमा १ जना, बाँकेमा १४ र बर्दियमा ४ जना सहति ८७ जनाको मृत्यु भएको छ । प्रदेशभर २ सय ८७ जना घाईते भएका छन् ।

२ महिनामा साढे २ करोड बढी राजश्व संकलन
बैशाखको दोस्रो सातादेखि असारको पहिलो सातासम्म लुम्विनी प्रदेशको प्रहरी र ट्राफिक प्रहरीले साढे दुई करोड बढी राजश्व संकलन गरेको छ । नवलपरासीको प्रहरीले १७ सय ५४ वटा सवारी साधन कार्वाही गरि १० लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । रुपन्देहीको प्रहरीले ११ हजार ७ सय वटा सवारी साधन कार्वाही गरि १ करोड ३२ लाख ३ हजार राजश्व संकलन गरेको छ ।

कपिलववस्तुको प्रहरीले ४३ सय ८८ वटा सवारी साधन कार्वाही गरि ३० लाख ४६ हजार राजश्व संकलन गरेको छ। पाल्पा प्रहरीले १४ सय ४५ वटा सवारी साधन कार्बाही गर ८ लाख ३४ हजार राजश्व संकलन गरेको छ। गुल्मी प्रहरीले ८ सय वटा सवारी साधन कारबाही गरी ४ लाख ८८ हजार ५ सय राजश्व संकलन गरेको छ ।

अर्घाखाँची प्रहरीले ४ सय ५० वटा सवारी साधन कार्वाही गरि ३ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । दाङ्ग प्रहरीले ५ हजार २ सय वटा सवारी साधन कार्बाही गरि ३० लाख २५हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । प्यूठानले ४ सय ५० वटा सवारी साधन कार्बाही गरि २ लाख ८१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । रोल्पा प्रहरीले ३ सय ७३ वटा सवारी साधन कार्बाही गरी २ लाख २५ हजार ५ सय राजश्व संकलन गरेको छ।

कुम पूर्वले ८१ वटा सवारी साधन कारबाही गरी ६७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । बाँके प्रहरीले ५ हजार १ सय ५४ सवारी साधन कार्वाही गरि २९ लाख ३५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । बर्दियाले १४ सय ८४ वटा सवारी साधन कार्वाही गरि ८ लाख ८१ हजार राजश्व संकलन गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले २ हजार ३ सय ५० वटा सवारी साधन कार्बाही गरि १३ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरको छ । प्रदेशभर कुल ३५ हजार ६ सय २९ वटा सवारी साधन कारबाही गरि कुल २ करोड ६९ लाख ४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार