ताजा अपडेट »

पश्चिम नवलपरासीमा आजदेखि सार्वजनिक सवारी साधन जोरबिजोरमा सञ्चालन

शुक्रबार, १८ असार २०७८, ०८ : ५०
14 Shares
शुक्रबार, १८ असार २०७८
14 Shares

परासी । पश्चिम नवलपरासीमा (शुक्रबार) भोली देखि सार्वजनिक सवारी साधन संञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ सात बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालनमा ल्याईने जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ ।

आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यात्रुहरु बिच भौतिक दुरी कायम गरी यातायात सञ्चालनको निर्णय गरिएको हो । जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका आधारमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्न दिईने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल