काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आज १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको करोबार भएको थियो ।
आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् । आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् ।होटल तथा टुरिजम समूहको ३.९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह पनि ३.६३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया