काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।
बुधवार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।
यस्तै, महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया