भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् । बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रतिक्रिया