ताजा अपडेट »

बारबर्दिया पूर्ण खोप सुनिश्चितता नगर

सोमबार, १४ असार २०७८, ११ : ५७
26 Shares
सोमबार, १४ असार २०७८
26 Shares

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख शंकरप्रसाद थारुले पूर्ण खोप सुनिश्चिता गर्न सफल भएकोमा धन्यवाद दिए । पालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाको निरन्तर गरेको कार्यले सम्भव भएको बताए।

रासस
लेखकको बारेमा
रासस