ताजा अपडेट »

दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

आइतबार, १३ असार २०७८, ११ : ४४
14 Shares
आइतबार, १३ असार २०७८
14 Shares

काठमाडौँ । काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुनुहुन्छ । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

रासस
लेखकको बारेमा
रासस