साउन ३,
बुटवल । बुटवल सुख्खानगरमा रहेको एभेरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ मा अध्यययन नव आगन्तुक विद्यार्थीको स्वागत तथा उनीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि विषयगत अध्ययन तथा उनीहरुलाई लक्ष्य निर्धारणमा सहजताका लागि अभिमुखिकरण कार्यक्रम गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई भविष्यको दिशानिर्देश गर्नका लागि लक्ष्य निर्धारण अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताए । उनले विषय छनोट गर्दा पनि विद्यार्थीकै रुची अनुसार गर्न आवश्यक रहेको धारणा राखे । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन नेपाल प्रदेश ५ का अध्यक्ष रामप्रसाद पाण्डे, एन प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, प्रदेश उपाध्यक्ष विष्णु पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एभरेष्ट माविका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधवप्रसाद आचार्य, शिक्षक माधव पौडेल, अभिभावक नविन क्षेत्री, विद्यार्थी एरिना रायमाझी, स्वेता ज्ञवाली, शुभेच्छा पराजुली, सुनिता पौडेल लगायतले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शैक्षिक सफलताको शुभकामना दिएका थिए ।
ब्यवस्थापन र विज्ञान विषय अध्ययनका लागि विद्यालय भर्ना भएका चार सयबढी विद्यार्थीलाई जिनियस एकेडेमी नेपालका कार्यकारी निर्देशक कमल शिलवालले विद्यार्थीको अध्ययनशैलि तथा लक्ष्य निर्धारण सम्वन्धि विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा लामो समय अध्यापन गराउने शिक्षक तथा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए ।
प्रतिक्रिया