ताजा अपडेट »

निषेधाज्ञामा धुमधामसँग विवाह ,प्रहरीद्वारा पाँच जना नियन्त्रणमा

शनिबार, १२ असार २०७८, ०८ : ५०
22 Shares
शनिबार, १२ असार २०७८
22 Shares

परासी। पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निषेधाज्ञाको समयमा धुमधामसँग वैवाहिक कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । रामग्राम–५ महेशपुर चोक नजिक शिवशंखर उपाध्यायको छोरीको विहेमा पटका पड्काउने र होहल्ला सहित विहेको कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले उपाध्यायसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी राजु लामाले बताए । पटक–पटक सम्झाउँदा समेत नमाने पछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरी पटका पड्काएर कोरोना महामारीका कारण निषेधाज्ञाको समयमा गरिएको यस्तो कार्य प्रहरी प्रशासनलाई नै चुनौती दिएकाले डिएसपी लामाले अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको बताए । प्रहरीका अनुसार विहेमा झण्डै डेढ सय जना थिए । उपाध्याय छोरीको बाबु भएको र विहेको कार्यक्रम सम्पन्न गर्नका लागि विहिबार नै छाडिएको तर बाँकि चार जनालाई भने नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल