ताजा अपडेट »

आज कुन-कुन क्षेत्रमा छ भारी वर्षाको सम्भावना?

शुक्रबार, ११ असार २०७८, ०८ : ०३
10 Shares
शुक्रबार, ११ असार २०७८
10 Shares

बुटवल । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्सहित भारी वर्षाको सम्भावना छ।

देशका अधिकांश स्थानमा पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाको आग्रह छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।