रोल्पा । लगातारको अविरल वर्षाका कारण रोल्पामा घरमाथि पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रोल्पामा मंगलबार राति पहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । राति साढे १२ बजेको समयमा आएको पहिरोले रोल्पा नगरपालिका ९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनीसहित उनका छोरा शक्तिमान घाइते भएका थिए । उनीहरूको उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी दिए ।
यस्तै पहिरोमा परेर सामान्य घाइते भएकी ४५ वर्षीया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मंगलबार रातिको पहिरोमा परेर टिकासिङकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो ।
प्रतिक्रिया