ताजा अपडेट »

गुडिरहेको टिपरमा आगलागी

बुधबार, ०९ असार २०७८, १३ : ००
26 Shares
बुधबार, ०९ असार २०७८
26 Shares

पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आँफै आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् । समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस