ताजा अपडेट »

मुक्का प्रहारबाट मृत्यु

बुधबार, ०९ असार २०७८, ११ : ३३
24 Shares
बुधबार, ०९ असार २०७८
24 Shares

रोल्पा । मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका –९ ह्वामाका १८ वर्षीय अबिलाश घर्तीमगर छन् । यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ । गम्भीर घाइते अबिलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस