ताजा अपडेट »

नदीमा बगेर बालिका बेपत्ता

बुधबार, ०९ असार २०७८, ११ : २७
32 Shares
बुधबार, ०९ असार २०७८
32 Shares

बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

रासस
लेखकको बारेमा
रासस