काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको थियो ।
उक्त आदेश एकतर्फी सुनुवाइका आधारमा दिएकाले खारेजीको माग गर्दै अध्यक्ष ओलीले आइतवार भ्याकेट निवेदन दिएका थिए ।
प्रतिक्रिया