ताजा अपडेट »

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

मंगलबार, ०८ असार २०७८, ११ : ३३
30 Shares
मंगलबार, ०८ असार २०७८
30 Shares

मार्तडी । जिल्लाको जगन्नाथ गाउँपालिका–४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका–४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए। महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए ।

रासस
लेखकको बारेमा
रासस