कपिलवस्तु । केयर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनाललाई सेनिटाइजर, ग्लोब्स , मृतक बेर्नको लागि आवश्यक बस्तु , अक्सिजन, एक्सीमिटर , पिपिईसेट फेसशिल्ड लगायतका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका अध्यक्ष राम सरण रैदासले बताए ।
यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित सिक्यूअर परियोजना अन्तरगत यशोधरा गाउँपालिकाको कोरोना अस्पताललाई अक्सिजन सिलिन्डर समेत गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डे, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र मिश्र, डा. नसिम अख्तर, साझा प्रयास अभियानका दिनेश हमाल लगायतको रोहबरमा हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया