ताजा अपडेट »

करेण्ट लागेर निधन

सोमबार, ०७ असार २०७८, १५ : ००
20 Shares
सोमबार, ०७ असार २०७८
20 Shares

सिन्धुपाल्चोक । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।

सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पु¥याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस