दाङ्ग ।बर्दिया । बासगढी नगरपालिका ८ स्थित नव प्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परी बुधबार एक जनाको मृत्यु भएको छ । निहुरो टिप्न जंगल गएका बेला स्थानीय ७८ वर्षीय नारेश्वर सापकोटालाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले लखेटेर मारेको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । उनीसँगै निउरो टिप्न गएका एकजना भागेर ज्यान बचाएका छन् ।
हात्तीले सापकोटालाई करिब १५/२० मिटर दूरीसम्म लखटेको एसपी कार्कीले बताए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ३० किमी पूर्व उत्तरमा पर्दछ । गत साउन यता बर्दिया निकुञ्जबाट निस्केका हात्तीले ४ जनाको ज्यान लिइसकेको छ । पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ । निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया